समाज

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

रसुवा– अवैध बाटो प्रयोग गरेर चीनको केरुङ पुगेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको चिलिमेका ४२ वर्षीय पुलिस तामाङ र तिब्बतीयन नागरिक १८ वर्षीय फुर्पु छिरिङ रहेका छन्। 

जेठ ४ गते चीनको केरुङमा पक्राउ परेका दुबैलाई चिनियाँ प्रहीले शुक्रबार नेपाल प्रहरीको जिम्मा लगाएको छ । जिल्लाको थुमनबाट मालागढी हुँदै जेठ २ गते उनीहरु केरुङ पुगेका थिए । अध्यागमन कार्यालयले जिम्मा नलिएपछि चिनियाँ प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको हो। 

तिब्बतीयन नागरिक छिरिङको आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक ध्रुब सिलवालले जानकारी दिए। ‘हामीले आफन्तको खोजी गरिरहेका छौँ, प्रहरी निरिक्षक सिलवालले भने, आफन्त सम्पर्कमा आएपछि जिम्मा लगाउने छौँ ।’

भारतको हिमाञ्चल प्रदेशको मण्डी धर्मशालामा बस्दै आएका छिरिङ उनकी बिरामी आमा भेट्न ल्हासा जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

 

प्रकाशित: १२ जेष्ठ २०७५ ०८:५९ शनिबार

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ