समाज

रामजालीलाई ‘स्लो स्कुटी ड्राइभ’ उपाधि

सुर्खेत- सुर्खेत महिला जेसीजले आयोजना गरेको स्लो स्कुटी ड्राइभ प्रतियोगीताको उपाधि जुनु रामजालीले जितेकी छन्। जेसीज सप्ताह अन्तर्गत शनिबार भएको प्रतियोगीतामा ३९ जना प्रतियोगीलाई उछिन्दै ३९ ले उक्त उपाधि जितेकी हुन् । रामजालीले पाँच हजार नगद पुरस्कार प्राप्त गरिन् ।

नेपाल अटो मोवाइल एशोसिएसन नासाका सुर्खेत अध्यक्ष रुपेश भण्डारीका अनुसार प्रतियोगीतामा द्धितीय हिना मल्ल भइन् भने तृतीय स्थान तुल्सी थापाले प्राप्त गरिन् । द्धितीयले तीन हजार र तृतीयले एक हजार पाँच सय रुपियाँ प्राप्त गर्नेछन् । वीरेन्द्रचोकदेखि हुलाक चोकसम्म भएको दुई सय मिटर स्लो स्कुटी ड्राइभ प्रतियोगीताको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले उद्घाटन गरे । उनले महिला सशक्तिकरणका लागि सुर्खेत महिला जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘घरभित्रै सीमित महिलाहरुलाई समाजमा स्थापित गराउन र उनीहरुको सशक्तिकरणमा महिला जेसीजको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने, ‘यस्ता कार्यक्रमले महिलाभित्रको प्रतिभा प्रष्फूटनमा महत्वपूर्ण भूमिका खेल्छ।’

सुर्खेत महिला जेसीजका अध्यक्ष कृति शाक्य गुभाजुले जेसीज सप्ताह अन्र्तगत महिलाहरुका लागि स्लो स्कुटी ड्राइभ प्रतियोगीताको आयोजना गरिएको बताइन्। उनले दुर्घटना न्यूनिकरणका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन्।

 

 

 

 

 

प्रकाशित: १२ जेष्ठ २०७५ ०७:५७ शनिबार

रामजालीलाई स्लो स्कुटी ड्राइभ उपाधि