पाल्पा – बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको शनिबार बिहान ७ बजे मृत्यु भएको छ।
शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए। रासस
प्रकाशित: १२ जेष्ठ २०७५ ०४:२९ शनिबार