समाज

फरार अभियुक्त पक्राउ

भक्तपुर – करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ । 

भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई शुक्रबार भक्तपुरबाटै नियन्त्रणमा लिएको हो। 

बस्नेतले गत पुस ५ गते सूर्यविनायक–९ नंखेलस्थित सिटीगाउँ रिसोर्टमा लगेर ती महिलालाई करणी गरी फरार रहेकामा शुक्रबार उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ जेष्ठ २०७५ १३:०१ शुक्रबार

फरार अभियुक्त पक्राउ