समाज

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

विराटनगर-  मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ ।उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

आगलागी

यसैबीच, मोरङको बेलबारी–७ मा गएराति ११ बजे अचानक आगलागी हुँदा एक परिवारको रु ५० हजारभन्दा बढी क्षति भएको छ ।सो वडाको बाहुनी बस्ने दिलमाया ठकुरीको घरमा अचानक आगलागी हुँदा एकतले घर र घरभित्र रहेका सामानमा लत्ताकपडा, खाद्य सामग्री, भाडावर्तन र हाँस, कुखुरा जलेर नष्ट भएको १ नं प्रहरी प्रदेशको कार्यालय, विराटनगरले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो। रासस

प्रकाशित: ११ जेष्ठ २०७५ ०४:५७ शुक्रबार

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु