समाज

क्यासिनोमा जुवा खेल्ने र खेलाउने पक्राउ

काठमाडौं- काठमाडौं दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-६ टुसाल बस्ने ६६ बर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गैरकानुनी रुपमा नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उपत्यकामा संचालित ७ वटा क्यासिनोमा छापा मार्दा उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको  हो।

उनीहरुलाई जुवा ऐन अनुसार कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

प्रकाशित: ८ जेष्ठ २०७५ १२:२९ मंगलबार

क्यासिनोमा जुवा खेल्ने खेलाउने पक्राउ