समाज

एम्बुलेन्स दुर्घटना हुँदा महिलाको ज्यान गयो, ४ घाइते

रुकुम (पश्चिम)– सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

रा १ झ १३७ नम्बरको एम्बुलेन्स बागचौर नगरपालिका–२, चिलढाले आग्रीखोलामा शनिबार राती दुर्घटना हुँदा सोही गाउँकी ४४ बर्षिया जानकी बुढाथोकीको मृत्यु भएको हो। गर्भवती छोरीलाई उपचारका लागि थारमारे ल्याउँदै गर्दा गाडी दुर्घटना भएको हो।

घाइतेहरूमा गर्भवती महिला १९ बर्षीय कल्पना चलाउने, ४६ बर्षिय केवल बुढाथोकी, ३५ बर्षिया डम्बरी बुढाथोकी र ४० बर्षिया राम बहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७५ १५:२८ सोमबार

एम्बुलेन्स दुर्घटना हुँदा महिलाको ज्यान गयो घाइते