समाज

दुर्घटनामा ४ गम्भीर घाइते

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा शनिबार ट्रक र कार एक–आपसमा ठक्कर खाँदा ४ जना गम्भीर घाइते भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ च ४७६ नं को कार विपरीत दिसाबाट आउँदै गरेको ना ४ ख २२०२ नं को ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन्।

घाइते हुनेमा कार चालक गोरखा नगरपालिका–९ ठिम्रेस्वारा गोरखाका २२ वर्षीय विनोद श्रेष्ठ, २६ वर्षीय सुरज कुँवर, २२ वर्षीय अञ्जन कुँवर र ललितपुरका ३३ वर्षीय मीन शाक्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे छ। गम्भीर घाइते सुरज कुँवरलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंतर्फ लाने तयारी गरिएको छ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  (रासस)

प्रकाशित: ५ जेष्ठ २०७५ १०:०८ शनिबार

दुर्घटनामा गम्भीर घाइते