समाज

करेन्ट लागेर युवकको मृत्यु

विराटनगर – मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ। 

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पठाइएको छ। 

प्रकाशित: ४ जेष्ठ २०७५ ०९:३१ शुक्रबार

करेन्ट लागेर युवकको मृत्यु