समाज

गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा पक्राउ

काठमाडौं-गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नवलपरासी गैंडाकोट नगरपालिका-१३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा-२ का ३९ बर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको कोठाबाट विभिन्न ब्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा  राहदानीका प्रतिलिपीहरु र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान बरामद गरेको जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७५ ०८:३२ बुधबार

गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा पक्राउ