समाज

लागु औषधसहित एक पक्राउ

उदयपुर – उदयपुरका एक युवा आइतबार दिउँसो ठूलो परिमाणको प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका छन्।

त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटबाट सुराकीको आधारमा प्रहरीले २० वर्षीय कुमार मगरलाई फेनारगन, लुपिजेसिक र डाईजोपामसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लागु औषध सेवन तथा कारोबार गर्ने गरेको सुराकीको आधारमा निगरानीमा रहेका मगरलाई बाटैमा भेटेर खानतलासी लिँदा मगरको साथबाट ६६ थान अवैध लागु औषध फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। भट्टका अनुसार दिउसो १ः०० बजे पक्राउ उनको साथबाट फेनारगन २२ एम्फुल, लुपिजेसिक २२ एम्फुल र डाईजोपाम २२ एम्फुल बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय गाईघाटबाट २ किलोमिटर दक्षिणमा रहेको मगर स्थानीय लिलबहादुर मगरको छोरा भएको प्रहरीले जनाएको छ। पक्राउ मगरलाई लागु औषध कारोबार ऐन अनुसार कारबाही गर्ने तयारी भइरहेको एसपी भट्टले बताए।

प्रकाशित: ३० वैशाख २०७५ ११:०५ आइतबार

लागु औषधसहित पक्राउ