समाज

धनगढीकाे एउटा चर्चमा बम विस्फोट

धनगढी – धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको जानकारी दिए। आइतबार बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ।

बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ । 

प्रकाशित: ३० वैशाख २०७५ १०:२५ आइतबार

धनगढीकाे एउटा चर्चमा बम विस्फोट