समाज

सुनसरीमा करेन्ट लागेर एककाे मृत्यु

इनरुवा – सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आइतबार बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ। 

पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०७५ ०७:४० आइतबार

सुनसरीमा करेन्ट लागेर एककाे मृत्यु