समाज

क्यान्सर अस्पताललाई रेडियोथेरापी

भक्तपुर – नेपालको दुईदिने धार्मिक भ्रमण सकेर शनिबार स्वदेश फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भारतमा विकसित भावाट्रोन रेडियोथेरापी मेसिन स्थापना गरिदिने घोषणा गरेको जनाइएको छ।

अस्पतालद्वारा शनिबार जारी प्रेस विज्ञप्तिअनुसार मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको दुईपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन्। क्यान्सर रोगीको उपचारका लागि शीघ्र मेसिन स्थापना गर्ने उनले बताएको विज्ञप्तिमा उल्लेख छ। भारतीय वैज्ञानिकले क्यान्सर उपचारका लागि विकास गरेको यो मेसिन मोदीले तीनवर्षअघि मंगोलिया भ्रमणमा जाँदा पनि दिएको जनाइएको छ।

प्रकाशित: ३० वैशाख २०७५ ०२:१५ आइतबार

क्यान्सर अस्पताललाई रेडियोथेरापी