समाज

प्युठानमा बस दुर्घटना, ५ जनाको मृत्यु

प्युठान – प्युठानमा भएकाे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ जना पुगेको छ।

महेन्द्रनगरबाट प्युठानको स्वर्गद्वारीका लागि आएको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा पाकुरी खाेला नजिकै आइतबार बिहान पाँच बजेतिर दुर्घटना ग्रस्त भएको हो।

दुर्घटनामा परी मृत्यु भएका ५ मध्य ४ जनाको शव गाडीबाट बाहिर निकालिएको छ। १ महिलाको शव गाडीमै च्यापीएको अवस्थामा रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मृत्यु हुनेमा बसका चालक कैलालीका बीरबहादुर थारु रहेको पुष्टि भएको छ भने अन्यको परिचय खुल्न सकेको छैन।

बसको हेड लाईट बिग्रेपछि बस सडकबाट २०० मिटर तल खसेको दुर्घटनाको प्रारम्भिक अध्ययनबाट खुल्न आएको उनले बताए।

दुर्घटनामा घाइते भएकाहरुको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चार जनालार्इ बुटवल र १६ जनालार्इ जिल्ला अस्पताल प्युठानमा उपचारका लागि पठाइएको छ।

प्रकाशित: ३० वैशाख २०७५ ०१:११ आइतबार

प्युठानमा बस दुर्घटना जनाको मृत्यु