समाज

साकेला भव्य रुपमा समापन (फोटो फिचर)

भोजपुर– किराँत राई हरुको ऐतिहासिक पर्व साकेला उभौली भब्य रुपमा समापन भएको छ। किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरको आयोजनामा स्थानीय टुँडिखेलमा भब्य रुपमा सम्पन्न भएको अध्यक्ष सृजना राईले बताइन। 

१५ दिन अघिबाट शुरु भएको साकेला जिल्ला भर मनाइने गरिएको छ। किरात राईहरुको बाहुल्यता रहेको भोजपुरमा उभौली र उधौली विशेष रुपमा मनाउने गरिएको किरात राई यायोक्खाका केन्द्रीय सदस्य मात्रिका राईले बताइन्। स्थानीय टुडिखेलमा आयोजित उभौली कार्यक्रममा चासुम शिलि,वापा शिली,नारावा शिलि प्रदशन गरिएको थियो। कार्यक्रममा किरात राई समुदायका वाहेक अन्य समुदायको समेत सहभागिता रहेको थियो। 

कार्यक्रममा शिलिहाङपा र शिलिहामङ्गमालाई फेटा गुठाई सम्मान गरिएको थियो। यसपटकबाट किरात राई यायोक्खाको पहलमा टुडिखेलमा किरात राईको परम्परागत परिकारहरु समेत राखिएको छ। किरात राईहरुको विशेष परिकार वाचिपा (तिते),चेकमोक(तामाको अचार),चाम्रे लगायत बंगुरको परिकार राखिएको आयोजकले जनाएको छ।

उभौली संगै किरात राई समुदायको परिकारको विषयमा जानकारी दिन स्टल राखिएको अध्यक्ष सृजना राईले बताइन। किरात राई समुदायले प्रकृतिको पुजा गर्दै मनाउने साकेला शिलीमा मानव जीवनका विभिन्न गतिविधिलाई शिली मार्फत प्रस्तुत गर्ने गरिन्छ। 

साकेला भव्य रुपमा समापन फोटो फिचर