समाज

आगलागी हुँदा तीन दाजुभाईको परिवार विस्थापित

खोटाङ – आगलागी हुँदा खोटाङमा एकै घरमा बस्दै आएका तीन दाजुभाईको परिवार विस्थापित भएका छन्।

खाना पकाएपछि ओज्याएर छाडेको आगोले खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका जेठो देवबहादुर बिष्ट, साईलो रञ्जन बिष्ट र कान्छो सुजन बिष्ट बसोबास गर्दै आएको घर जलेर नष्ट भएको हो। छुट्टिए पनि बिष्ट दाजुभाई एउटै घरको अलग–अलग कोठामा बस्दै आएका ईन्द्रेणीपोखरीका वडाध्यक्ष देबेन्द्र राईले बताए। 

बिहीबार बेलुका रञ्जनको अगेनाबाट सुरु भएको आगेले घर जल्दा तीन दाजुभाईका १२ जना बिस्थापित भएका छन्। बिस्थापित परिवार भूकम्पमा पाएको त्रिपाल टाँगेर बसिरहेको वडाध्यक्ष राईले बताए।

अग्नी पीडित सुजन बिष्टका अनसार हालसम्म अग्नी पीडितलाई कसैले राहत दिएका छैनन्। आगोमा देवबहादुरको ४ लाख ५४ हजार, रञ्जनको साँढे ४ लाख ३ हजार र सुजनको ४ लाख ३० हजार बराबरको क्षती भएको प्रहरीचौकी सिमपानीले जनाएको छ। 

प्रकाशित: २८ वैशाख २०७५ ०७:३० शुक्रबार

आगलागी हुँदा दाजुभाईको परिवार विस्थापित