समाज

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ पक्राउ

तेह्रथुम – क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिक सहित ६ जनालाई तेह्रथुमको आठराई संक्रान्तिबजार बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आषिस सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दिपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४ वर्षीय मनतुला धिमाल, भारतको सिक्किम राज्य ग्यानटोक बस्ने ४० वर्षीय भूपाल राई र पश्चिम बंगाल राज्य बस्ने ३३ वर्षीय पवन राई रहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ।

संक्रान्तिबजारमा बुधवार दिउँसो क्रिस्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका धर्मलम्बीहरुलाई भारतीय नम्बर पिलेट भएको गाडी सहित स्थानीय सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन भुजेलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको बताएका छन्।

प्रकाशित: २७ वैशाख २०७५ १०:४५ बिहीबार

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित पक्राउ