समाज

मजदुर अभावले निर्माण कार्य प्रभावित

जाजरकोट – जिल्लाभरि हुने विकास निर्माणका काममा मजदुरको अभाव भएको छ। 

यहाँका सातै वटा स्थानीय तहमा विकास निर्माणका लागि मजदुरको अभाव भएको छ। अधिकांश युवा कमाई गर्न भारत तथा डोल्पामा यार्सागुम्बा संकलनका लागि जान थालेपछि विकास निर्माणको काम प्रभावित भएको हो। अहिले जिल्लाका सबै स्थानीय तहमा विकासे बजेटको काम भइरहेको छ। 

उपभोक्ता समितिका पदाधिकारी मजदुर नभएर हैरान भएको बताउनथालेका छन्। जिल्लाको विकास निर्माणका कामका लागि बाहिरबाट मजदुर ल्याएर काम गर्न बाध्य हुनु परेको नलगाड हाइड्राे पावर कम्पनीले जनाएको छ। 

एउटै वडामा करोडभन्दा बढीको विकास निर्माणको काम भइरहेको छ। काम पाएनौँ भन्दै स्थानीय बासिन्दा बाहिर जिल्लामा गएर काम गरिरहेको पाइएको छ । ज्याला कम भएका कारण जिल्लाभित्र काम गर्न नसकेको बारेकोट–६ का लालबहादुर कामीको भनाइ छ। 

सल्लीबजारदेखि जाजरकोटसम्मको सडकमा पुल निर्माणको काम भइरहेको छ। त्यहाँ काम गर्ने सबै मजदुर बाहिर जिल्लाबाट आएका छन्। नलगाड हाइड्राे पावर कम्पनी र स्थानीय तहको विकास निर्माणमा जिल्ला बाहिरका कामदारले मजदुरी गर्दैआएका छन्। 

प्रकाशित: २७ वैशाख २०७५ ०८:५७ बिहीबार

मजदुर अभावले निर्माण कार्य प्रभावित