विराटनगर - साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका ३० जनाको बयान मंगलबार सकिएकाले बिहीबारदेखि बहस सुरु हुने भएको छ । गत साताको बिहीबारदेखि सुरू गरिएको बयान मंगलबार सकिएको हो । सुन तस्करी तथा शाक्य हत्या प्रकरणमा मुद्दा चलाइएका ६३ जनामध्ये ३० जना पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले उनीहरूसँग बयान लिएको हो।
सोमबारसम्म २७ जनाको बयान सकिएकोमा मंगलबार बा“की ३ जनाको पनि बयान सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए । जिल्ला अदालत मोरङमा मंगलबार एसएसपी दिवेश लोहनी, डिएसपीहरू प्रजित केसी र सञ्जय राउतस“ग बयान लिइयो ।
टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, मदनप्रसार घिमिरे, नरेन्द्र कार्की, लाक्पा शेर्पा, राजनकुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल, लालबहादुर मगर, बालकृष्ण सञ्जेल, वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलांगे, बालकृष्ण श्रेष्ठ र दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु, पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, जवान विष्णुबहादुर खड्का, हबल्दार अमरबहादुर थापा मगर, एस्पी विकासराज खनालसँग बयान लिइएको हो । अभियोगपत्रमा प्रतिवादी बनाइएका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, सुन तस्करका नाइके भनिएका चूणामणि उप्रेती ‘गोरे’ सहित ३३ जना फरार छन्।
सुन तस्करी र हत्या आरोपमा संलग्न भएको अभियोगमा पक्राउ परेका तीसजनाको बयान सकिएकाले बिहीबारदेखि जिल्ला अदालतमा बहस सुरू हुने स्रेस्तेदार दुलालले जानकारी दिए । उनका अनुसार सुन तस्करी र शाक्य हत्याकाण्डको मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्न मंगलबार सम्म ४३ जना वकिललले नाम दर्ता गराएका छन् । प्रतिवादीका तर्फबाट बहसका लागि काठमाडौंबाटसमेत वकिल आउने भएकाले संख्या अरु बढ्न सक्ने देखिएको छ । यता सरकारका तर्फबाट बहस गर्न ५ जना वकिलले नाम पठाएको जिल्ला अदालत मोरङले जनाएको छ । सुन तस्करी प्रकरणको मुद्दा जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माले हेरिरहेका छन्।
प्रकाशित: २६ वैशाख २०७५ ०३:१५ बुधबार