समाज

डोल्पामा चट्टान खसेर २ को मृत्यु, एक घाइते

डोल्पा– डोल्पामा सडक निर्माणका क्रममा चट्टान खस्दा २ जनाको मृत्यु भएको छ। घटनामा एक घाइते भएका छन्।

जाजरकोट–डोल्पा सडक निर्माणको क्रममा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका ६ अन्तर्गत पर्ने चिल्लेभिर सडक खण्डमा मंगलबार चट्टान खस्दा रुकुम आठ बीसकोट नगरपालिका १० गन्नासैनाका २१ वर्षीय देव बहादुर चन्द र सोही ठाउँका अमृत रानाको ज्यान गएको हो। 

सडक निर्माणको क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा माथिबाट चट्टान खसेर उनीहरुको मृत्यु भएको जाजरकोट–डोल्पा सडक निर्माण आयोजनाका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए।

उनका अनुसार घटनामा परी आठ बीसकोट– ९ किमुचौरका ४० वर्षीय खड्क बहादुर शाही घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

प्रकाशित: २५ वैशाख २०७५ १३:१६ मंगलबार

डोल्पामा चट्टान खसेर को मृत्यु घाइते