समाज

घर निर्माण गर्दा लडेर एकजनाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर निर्माणका क्रममा लड्दा एकजनाको ज्यान गएको छ। 

आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका स्थानीय टुईजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। 

सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि इलाका स्वास्थ्य कार्यालय, तेल्लोक लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ।    (रासस)

प्रकाशित: २५ वैशाख २०७५ ०५:२६ मंगलबार

घर निर्माण गर्दा लडेर एकजनाको मृत्यु