समाज

पालुङटार टेण्डर काण्ड, कुटपिट गर्ने १ पक्राउ ३ फरार

गोरखा- गोरखाको पालुङटार नगरपालिकामा टेण्डर फारम दर्ता गर्न गएका ब्यवशायीलाई चार घण्टा बन्दक बनाएर कुटपिट गरेको आरोपमा रोजन भट्टराईलाई आज प्रहरीले पक्राउ गरेको छ। वल्डवाईड कन्ट्रक्सनका प्रतिनिधि राम थापा र हरि भट्टराईलाई होटल भित्र बन्दक बनाएर कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा पालुङटार ५ का भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पीडित पक्षले सन्दिप तामाङ, खुसी तामाङ र राजिन सुनार बिरुद्ध पनि शरीर बन्दक एवं कुटपिट गरेको आरोमा राम थापा र हरि भट्टराईले किटानी जाहेरि दिएका छन्। एक जना पक्राउ परेपनि अन्य तीन जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका सई मोहन खड्काले बताए। फरारहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

पालुङटार नगरपालिकाले वडा नम्बर ५ को सडक निर्माण गर्न ९० लाख र वडा नम्बर ९ को वडा कार्यालय भबन निर्माण गर्न ७२ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो । उक्त ठेक्का निर्माण व्यवसायी संघ गोरखाले मिलेमतोमा गर्ने योजना बनाएछि भट्टराई र थापाले आफ्नो फर्म दर्ता गराउँदा बिवाद बढेको थियो । निर्माण ब्यवशायी संघले ठेक्का हालेपछि मिलाउन भन्दै यातना दिएको आरोप पीडित पक्षको छ ।

 

 

 

प्रकाशित: २४ वैशाख २०७५ ०९:४४ सोमबार

पालुङटार टेण्डर काण्ड कुटपिट गर्ने पक्राउ फरार