समाज

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

लहान–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही दुर्घटनामा परी गडौेरीका श्रीमान् ५९ वर्षीय राम उद्गार गडौरी गम्भीर घाइते भएका छन्। हायसको ठक्करबाट गम्भीर घाइते भएको दम्पतीलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याउने क्रममा बिल्टीको बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ। गम्भीर घाइते उहाँको श्रीमान् राम उद्गारको लहानस्थित कामना नर्सिङ होम प्रालिमा उपचार भइरहेको जनाएको छ। 

यता ठक्कर दिने हायस र चालक झापाको बुद्धशान्ति गाउँपालिका–१ निवासी २८ वर्षीय किशोर चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २४ वैशाख २०७५ ०३:३३ सोमबार

दुर्घटनामा श्रीमतीको मृत्यु श्रीमान् गम्भीर