समाज

बूढानीलकण्ठका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले रु पाँच लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सो नगरपालिकाको वडा नं २ बाँडेपाखामा पानी ट्याङ्की निर्माण कार्यको अन्तिम बिल भुक्तानी र कार्य अनुभव पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही दिन पहिले उनीहरु पक्राउ परेका थिए।

आरोपी दुवैलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०७५ १२:५३ आइतबार

बूढानीलकण्ठका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर