समाज

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला – नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछी प्रहरीले नियन्त्रणमा लिएको हो। 

अवैध रुपमा नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको गाई, बाछाबाछीहरु प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०७५ ०४:२३ आइतबार

भारत लैजाँदै गरिएको गाई बाछाबाछी नियन्त्रणमा