समाज

पशुपतिको शव दाह मेसिन खरिदमा झण्डै साढे १० करोड भ्रष्टाचार

पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा  झण्डै साढे १० करोड भ्रष्टाचार भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेसिन खरिदमा  झण्डै साढे १० करोड भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा। घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ। 

प्रकाशित: ८ असार २०८२ १८:१६ आइतबार

#Milankumar thapa