समाज

यातायात व्यवसायी महासंघद्वारा बन्द फिर्ता

काठमाडौं – सिन्डिकेट गर्न पाऊँ भन्दै यातायात अवरुद्ध पारेको यातायात व्यवसायी महासंघले बन्दका कार्यक्रम फिर्ता भएकोे घोषणा गरेको छ।

महासंघका संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन्।

विज्ञप्ति मार्फत वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग महासंघले आग्रह गरेको छ।

सरकारले सिन्डिकेट हटाएको भन्दै शुक्रबार महासंघले सार्वजनिक यातायात बन्दको घोषणा गरेको थियो।

प्रकाशित: २२ वैशाख २०७५ ०२:३८ शनिबार

यातायात व्यवसायी महासंघद्वारा