समाज

बूढानीलकण्ठमा दुई जनाको रहस्यमय मृत्यु

बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई जना मृत फेला परेका छन्।

पासिकोटस्थित थ्रिस्टार किडजोन स्कूलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारत, चण्डीगढका ५४ वर्षीय परमनारायण गिल र धादिङ, गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका छन्। 

अन्जना सोही घरमा काम गर्थिन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले अन्जनाको टाउकोमा चोट रहेको बताए। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। रासस

प्रकाशित: १ असार २०८२ १९:५३ आइतबार

#NagarikNews