समाज

चितवनमा दुई यातायात व्यवसायी पक्राउ

चितवन- यातायातमा रहेको सेण्डिकेट प्रणालीलाई खारेज गरिएको बारेमा विरोध गर्दै सार्वजनिक सवारीसाधन नचलाउने दुई जनालाई नियन्त्रणमा लिइएको छ।

रत्ननगर नगरपालिका क्षेत्रबाट छहारी बस व्यवसायी समितिका सहसचिव श्याम श्रेष्ठ र संयोजक कृष्ण लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। 

प्रकाशित: २१ वैशाख २०७५ १३:१७ शुक्रबार

चितवनमा दुई यातायात व्यवसायी पक्राउ