समाज

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको छ।

उनलाई रिपोर्टर्स क्लब नेपालको साक्षात्कार आउदै गर्दा सादा पोषाकमा आएका प्रहरीले पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छ।

सिन्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा उनी पक्राउ परेका हुन। गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै यातायात व्यवसायीहरू धमाधम पक्राउ पर्न थालेका छन्।

प्रकाशित: २१ वैशाख २०७५ ०९:१९ शुक्रबार

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा