समाज

सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत

काडमाडाैं – गृहमन्त्री रामबहादुर थापाले देशभर सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै सिन्डिकेट धारी यातायात व्यवसायीहरू पक्राउ पर्न थालेका छन्।

गृहमन्त्रीको निर्देशनपछि पश्चिम नेपाल बस ब्यवसायी संघ, सगरमाथ यातायात व्यावसायी संघ, हिमाल यातायात व्यावसायी संघ, मेची बस व्यावसायी संघ लगायतका यातायात व्यावसायी संघका पदाधिकारीहरूलाई प्रहरीले नियन्त्रणामा लिएको छ।

मन्त्री थापाले जिल्ला प्रशासन कार्यलयलाई पत्राचार गर्दै अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न निर्देशन दिएका हुन्।

यसैबीच सरकारले सिन्डिकेट खारेज गरेपछि त्यसको विरोधमा उत्रिएका यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेपनि विभिन्न कम्पनीका बस भने सडकमा निर्वाध चलेका छन्।

साझा, मयुर, महानगर, मेट्रो सिटी, धुम्रबाराही, बाबागोकर्णेश्वर लगायत कम्पनीका बस तथा ट्याम्पोहरू बिहानैदेखि निर्वाध सञ्चालनमा रहेका महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

यातायात व्यवस्था विभागले पनि कम्पनीमा दर्ता भएका सबैजसो सवारी साधन सडकमा निस्किएको जनाएको छ। विभाग स्रोतका अनुसार समितिमा रहेका तर कम्पनीमा दर्ता नभएका र ग्यारेजमा थन्क्याउने समितिमा रहेका गाडीको रुट परमिट खारेज गर्ने तयारी छ।

प्रकाशित: २१ वैशाख २०७५ ०८:३८ शुक्रबार

सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत