समाज

मुगुको मुगुम कर्मारोङ्गमा आगलागी, १९ घर जलेर ध्वस्त

वैशाख – मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ३ किम्री गाउँमा आगलागी हुँदा उन्नाइस घर पूर्ण रुपमा जलेर नष्ट भएका छन। 

विहीबार विहान ९ बजे वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगो गाउँभरि फैलिदा उन्नाइस घर जलेर ध्वस्त भएको प्रहरी चौकी पुलुले जनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विहान ९ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको गाउँ भन्दा दुई घण्टा टाढा रहेको प्रहरी चौकीमा विहान ११ बजे जानकारी आएपनि एक बजे मात्र प्रहरी घटना स्थल पुगेको थियो।

आगलागी हुँदा छिरिङ्ग टासी लामा, फोन्जोक लामा, आङ्गमु लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, पेमा ठिल्ले लामा, ग्याल्बो लामाका घर जलेर ध्वस्त भएका हुन । आगलागीबाट घर जलेर ध्वस्त भए पनि कति धन सम्पतिको क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित: २० वैशाख २०७५ १०:१४ बिहीबार

मुगुको मुगुम कर्मारोङ्गमा आगलागी १९ घर जलेर ध्वस्त