समाज

रक्षामन्त्री राईको फोटो सगरमाथा शिरमा

रक्षामन्त्री मानवीर राईको फोटो सगरमाथाको शिर पुर्‍याइएको छ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमका आरोही दा जाङ्बु शेर्पाले मन्त्री राईको फोटो सगरमाथाको शिर पुर्‍याएका हुन्।

शेर्पाले गत जेठ ५ गते मन्त्री राईको फोटो लिएर दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेका थिए।

प्रकाशित: ७ जेष्ठ २०८२ १६:१८ बुधबार

#sagarmatha #manbir rai #Nagariknews