समाज

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

राजविराज – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नं को मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। रासस

प्रकाशित: १८ वैशाख २०७५ ०७:२४ मंगलबार

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु