समाज

'शक्ति देखाउन' कर्णालीमा हामफालेका दुई झाँक्रीको मृत्यु

बाजुरा-  दैविक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना झाँक्रीको आइतबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षिय मानसिंह विष्ट र ५३ वर्षिय जय बहादुर विष्ट रहेका छन्।

ती मध्ये मानबहादुर विष्टको शव फेला परेको छ भने अर्का जयबहादुर विष्टको बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए। विष्टद्धयले कर्णालीमा आइतबार विहान हाम फालेको प्रहरीले बताएको छ।

दुवै जना काप्न थालेपछि दैवीक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हाम फालेका थिए। स्थानीयलेपनि काम्दै हाम फाल्न गएपछि विश्वास लागेर रोक्ने प्रयास नगरेको बुझीएको छ।

बेपत्ताको खोजीको लागि कुण्डा प्रहरी चौकीको टोली र नेपाली सेना लागिपरेको छ। स्थानीय पनि घटनास्थलमा पुगेर खोजीमा संलग्न रहेको प्रहरीले बताएको छ। जगन्नाथ गाउँपालिका सदमुमकाम भन्दा २ दिनको पैदल दुरीमा पर्छ।

प्रकाशित: १६ वैशाख २०७५ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App