समाज

वालबिवाह हुनबाट जोगायो प्रहरीले

रुकुम – सानीभेरी गाउँपालिका वडा नं. ७ स्थित जैधुनेमा प्रहरीले एक जोडिलाई बालबिवाह हुनबाट जोगाएको छ। प्रहरीले बिबाह मण्डपबाटै केटा केटीलाई प्रक्राउ गरी बालबिवाह हुनबाट जोगाएको हो ।

बालबिवाह हुन लागेको सूचनाका आधारमा प्रहरीले केटा केटीलाई बिवाह मण्डपबाटै प्रक्राउ गरेको हो। सानीभेरी गाउँपालिका वडा नं. १० अर्माका १८ वर्षीया कटा र सानीभेरी वडा नं. ७ जैधुनेकी १७ वर्षीया केटीबीच केहि दिन अघि प्रेम बिवाह भएको थियो। परिवारको सहमतिमा उनीहरुको बिवाह हुँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको सिम्ली प्रहरी चौकीका इन्चार्ज गगन सिंह ठकुरीले बताए।

उनले केटीका अभिभावक शिक्षक भएको र शिक्षित परिवारबाटै बालबिवाह हुनु दुखद् भएको बताए।

केटा केटीलाई सम्झाइ बुझाइ गरी अभिभावकको जिम्मा लगाइने प्रहरीले जनाएको छ। सम्झाउँदा पनि नमाने कानुनी कारवाही हुने प्रहरीले बताएको छ। जिल्लामा प्रहरीले यो सहित १३ जोडीलाई बालबिवाह हुनबाट रोकेको छ।

प्रकाशित: १५ वैशाख २०७५ ०४:५८ शनिबार

वालबिवाह हुनबाट जोगायो प्रहरीले