समाज

हाजिर कापी नै बालेनसँग भएपछि नयाँमा हाजिर गरी मन्त्रालय हिँडे गुरागाईँ

काठमाडौं महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि हाजिरी कापी बनाएर हाजिर गरेका छन्।

बिहीबार  गुरागाईँलाई कर्मचारीहरूले कार्यकक्षको ताला फोरेर गुरागाईँलाईं कार्यकक्षमा प्रवेश गराएका थिए। तर हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि उनले हाजिरी गर्न पाएका थिएनन्। नयाँ हाजिरी कपी बनाएर उनले हाजिरी गरेका छन्।

महानगरमा हाजिर गरेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन्। मन्त्रालयको बैठकमा सहभागी हुन आफू त्यहाँ जान लागेको उनले बताए ।

प्रकाशित: २१ चैत्र २०८१ १३:३४ बिहीबार

#Mayor Balen Saha #Saroj Guragain