समाज

नगर प्रहरी प्रमुख पाण्डे भन्छन्: सुरक्षा थ्रेट भएमा हामी सबैलाई रोक्छौं

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सुरक्षा थ्रेट भएमा जुनसुकै पदाधिकारीलाई कार्यालयमा छिर्न नदिने बताएका छन्।

आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयभित्र प्रवेश गराउने क्रममा नगर प्रहरी र कर्मचारीबिच टकराब भएको थियो। त्यही क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले भने, 'हामी कर्तव्य छोड्दैनौँ। १ वर्षसम्म भाकै बस्न परे पनि हामी कर्तव्यबाट भाग्दैनौँ। प्रहरीको काम नै सुरक्षा दिने हो। हामीले सुरक्षा दिने हो। सुरक्षा थ्रेट भएमा जुनसुकै पदाधिकारीलाई हामी छिर्न दिँदैनौँ।'

प्रकाशित: २१ चैत्र २०८१ १२:४१ बिहीबार