समाज

परिवारले बुझे सुरेश रजकको शव

गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव परिवारले बुझेको छ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो ।

यसअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स–रे समेत गरिएको थियो । एक्स–रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

प्रकाशित: २० चैत्र २०८१ १८:४६ बुधबार

#Suresh Rajak