समाज

कुलमान र हितेन्द्रको रिट आज पनि 'हेर्दाहेर्दै' मा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ ।

मंगलबार कुलमान पक्षको सुनुवाइ सकेर हेर्दाहेर्दैमा परेकोमा बुधबार पनि सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।

बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको छ ।

प्रकाशित: २० चैत्र २०८१ १७:२९ बुधबार

#Kulman Ghising #Hitandra Sakaya