समाज

सिन्धुमा यसरी सम्झिइयो भूकम्पमा ज्यान गुमाउनेहरुलाई

सिन्धुपाल्चोक- २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार साँझ दीप प्रज्जवलन गरिएको छ।

सिन्धुपाल्चोक भूकम्पमा सर्वाधिक क्षति बेहोर्ने जिल्ला हो। यहाँ भौतिक मात्र होइन मानवीय क्षतिसमेत सर्वाधिक भएको थियो । चौताराको टुँडिखेलमा सरकारी अधिकारीहरु, नागरिक समाजका प्रतिनिधि तथा मृतकका आफन्तहरुले मृतात्माको शान्तिको कामना गर्दै दीप बाले।

विनासकारी भूकम्पको बुधबार तीन वर्ष पूरा भएको छ। भूकम्पमा परी सिन्धुपाल्चोकमा मात्र ३ हजार ७ सय ७३ ले ज्यान गुमाएका थिए। यो संख्या उक्त भूकम्पमा भएको कुल मानवीय क्षतिको झण्डै ४५ प्रतिशत हो। यो जिल्लामा भूकम्पमा परी सबैभन्दा बढी १ हजार ५ सय ३० महिला, ९ सय ३६ बालालिका र १ हजार ४६ पुरुषको मृत्यु भएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App