समाज

लुम्बिनीमा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीस निर्माण हुँदै

काठमाडौं– अमेरिकन बुद्धिष्ट ज्ञाता तथा ध्यान गुरु श्याल्पा तेन्जिन रिन्पोचेको परिकल्पनामा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीसको भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा यही बैशाख १६ गते लुम्बिनी नेपालमा निर्माण कार्य सुरुहुने भएको छ।  

निर्माण कार्यको सुरुवात नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीको हातबाट हुने रिन्पोचेले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर जानकारी दिए। यो  परियोजना निर्माणको लागि अमेरिकामा अवस्थित गैर–नाफामूलक धार्मिक संस्था -यांग्रिक येशे ईन्क र हङकङमा अवस्थित् भगीनी संस्था वेन्चेङ गोंगझु ईन्टरनेश्नल फाउण्डेशन र नेपालमाअवस्थित भृकुटी हिमालयन  फाउण्डेशनले सहयोग गर्नेछन्। 

रिन्पोचेले उक्त महासिद्ध स्याँक्चुरीले गौतम बुद्धको जन्मस्थलको गरिमा बढ्ने तथा सम्मान हुने आफूले विश्वास लिएको बताए। उनले भने, ‘यतिमात्रै होइन, यो प्रोजेक्ट निर्माणसँगै सबै धर्म, वर्ग, जाति र संस्कृतिका भक्तजनहरुको लागि प्रेरणादायी हुनेछ।’

शाक्यमुनि गौतम बुद्धको जन्म भएको ठाउँ लुम्बिनी विश्वकै पवित्र स्थलभएको उल्लेख गर्दै उनले भने, ‘लुम्बिनी विश्वको एकमात्रै पवित्र स्थल हो, जसले विश्वमै शान्तिपूर्ण तवरमा मानवताको सेवा गरिरहेको छ, लुम्बिनी आस्था र विश्वासको एकमात्रै धरोहर हो।’ विश्वभरि नै गौतम बुद्धको सन्देश फैलाउनको लागि यो प्रोजेक्ट फलदायी र प्रेरणादीय हुने उनको विश्वास छ। 

लुम्बिनीजस्तो पवित्रधार्मिकस्थलमा यस्तो मन्दिर बनाउनु महत्वपूर्ण हुने बताउँदै रिन्पोचेले भने, ‘लुम्बिनीमा मात्रै होइन, प्रत्येक नागरिकले आफ्नो हृदयमा सहनशिलता र शान्तिको मन्दिर बनाउनुपर्छ, यो आजको आवश्यकता हो, मनमाशान्ति र सहनशिलताको मन्दिर बनाउनेहरु जहाँ गएपनि र जे गरेपनि उनीहरुले आफूसित साँच्चिकै स्यांक्चुरी रहेको पाउनेछन्।’
यही वैशाख १६ गते भवनको पूर्वाधारका लागि निर्माण शुरु गरिने र तीन वर्षभित्र सम्पन्न गरिने योजना छ। विश्वमा लुम्बिनीलाई शान्तिको थलोका रुपमाविकास गरी पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको उक्त केन्द्रमा फराकिलो सभाहल, ध्यान केन्द्र लगायतका संरचना निर्माण गरिनेछ। 

केन्द्रभित्र बुद्धको जीवनीमा आधारित संग्रहालयसमेत निर्माण गरिने हुँदा बुद्धका अमूल्यमूर्ति, ग्रन्थतथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुको पनि संकलन गरिनेछ। स्यांक्चुरीमा पुस्ताकालय, शान्ति संंग्राहलय, ग्राण्ड हल, ध्यानतथा योगाहल र पिस ईन्स्टिच्यूछ समेत हुने रिन्पोछेले जानकारी दिए। 

प्रकाशित: १२ वैशाख २०७५ १२:०२ बुधबार

लुम्बिनीमा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीस निर्माण हुँदै