समाज

कुलमान र हितेन्द्रदेवको मुद्दामाथि सुनुवाइ जारी

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ। मंगलबार हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामाथि न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई भइरहेको हो। 

चुडाल र शाक्यको इजलासमा परेका बाँकी सबै मुद्दा हटाएर कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ। उक्त इजलासमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा मंगलबारदेखि सुनुवाइ सुरु भएको हो।

सरकारले बर्खास्त गरेका कार्यकारी निर्देशक घिसिङ बाँकी रहेको चार महिने कार्यकालसम्मै काम गर्न पाउनु पर्ने माग गर्दै र वर्तमान कार्यकारी निर्देशक शाक्य यसअघिको कार्यकालदेखिकै गणना हुनु पर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका हुन्।

प्रकाशित: २० चैत्र २०८१ १२:३८ बुधबार

#Kulman Ghising #Hitendradev shakya