समाज

प्रतिबन्धित लागुऔषधसहित ३ पक्राउ

काठमाडौं– प्रतिबन्धित लागुऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ नेपाली तथा एक विदेशी नागरिक छन्।

मंगलबार साँझ प्रतिबन्धित नाइट्रोभेट र ट्रमा बेचविखन गर्न हिडेका कामपा ६ सरस्वतीनगरका २१ वर्षीय इभेन्ट प्रसाई र २६ वर्षीय प्रविन थापालाई महानगरीय प्रहरी वृत बौद्ध र प्रहरी प्रभाग कपनको टोलीले चेकजाँचका क्रममा नाइट्रोभेट ९ सय क्याप्सुल र ६ सय ट्रमा क्याप्सुलसहित नियन्त्रणमा लिएको हो। उनीहरुमाथि प्रहरी वृद्ध बौद्धबाट अनुसन्धान भइरहेको छ।

जोर्डन नागरिक पक्राउ

यसैगरी महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबारै कामपा १६ सातघुम्ती शंकास्पद गतिविधी गरिरहेको अवस्थामा राहदानी नम्बर ०३२३५२३ भएका जोर्डन नागरिक याजेड नारेल अल–सराहलाई इम्फैटमिन १४ थान ट्याब्लेटसहित पक्राउ गरेको छ। दुबै घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

प्रकाशित: १२ वैशाख २०७५ ०८:४६ बुधबार

प्रतिबन्धित लागुऔषधसहित पक्राउ