समाज

बाँकेको नरैनापुरमा आगलागी, दर्जन बढी घरमा क्षति

पूर्वी बाँकेको नरैनापुर-४, जयरामपुरमा आगलागी भएको छ। उक्त आगलागीबाट दर्जन बढी घरमा क्षति पुगेको स्थानीयले जानकारी दिएका छन्।

तीव्र हावाका कारण आगो नियन्त्रण गर्न समस्या भएको त्यहाँबाट पत्रकार विनय दीक्षितले जानकारी दिए। स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

दमकल नहुँदा कोहलपुर र नेपालगन्जबाट मगाइएको बताइएको छ। यसबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: १२ चैत्र २०८१ १६:०४ मंगलबार