समाज

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

पाल्पा – अज्ञात समूहद्धारा पाल्पामा एक एक्साभेटरमा सोमबार राती आगजनी भएको छ। अन्दाजी राती १० बजेको समयमा तानसेन–रामपुर सडकखण्डको पूर्वखोला–१, जब्गादी नजिक एक्साभेटरमा आगजनी भएको हो।

सडक चौडा गरेर पार्कीङ्ग गरि राखिएको बा २ ख ३७८० नम्बरको एक्साभेटरमा आगजनी हुँदा एक्साभेटर पूर्ण रुपमा जलेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। आगजनी गर्ने समूहको खोजी भैरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित: ११ वैशाख २०७५ ०५:४२ मंगलबार

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी