तेह्रथुम – जिल्लाको छथर गाउँपालिका– ६ सुदापमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन्।
ओख्रे प्रहरी चौकीबाट गएको प्रहरी टोलीले सोमबार छथर गाउँपालिका–६ का शान्ताकुबिर लिम्बु, प्रेम लिम्बु र सुमन लिम्बुलाई पक्राउ गरेको हो।
गाईको मासु सहित पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा राखी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक गणेश कोइलाले जानकारी दिए।
प्रकाशित: ११ वैशाख २०७५ ०४:२० मंगलबार