समाज

प्रहरी नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षका १८ जना धरौटीमा रिहा

गत फागुन १० गते देखि ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षका १८ जना जनही २० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बिहीबार ताप्लेजुङ जिल्ला अदालतको आदेशपछि १८ जनालाई जनही २० हजार धरौटीमा छाडिएको हाे। 

प्रहरीले गत फागुन ८ गते पाथीभरा क्षेत्रमा निर्माणाधिन केवलकारको बटम स्टेशन नजिक तथा फुङलिङको वीरेन्द्र चौकमा भएको घटनामा हुलदंगा र अपराधिक उपद्रव गरेको कसुरमा पक्राउ गरेको थियो । पक्राउ परेका सबै १८ जना अदालतको आदेश अनुसार धरौटीमा छुटेको प्रहरीले बताएको छ ।  

यस्ताे छ छुट्नेकाे नामावली  

(१) जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ४ बस्ने छोरी वर्ष २१ की निहा चेम्जोङ ।  

(२) जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका वडा नं. ३ बस्ने वर्ष २३ को विवेक लिम्बु ।

(३)  जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. २ बस्ने छोरी वर्ष २० की इक्सा लिम्बु ।

(४) जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. ११ बस्ने वर्ष २२ को एमन राई ।

(५) जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका वडा नं. ३ बस्ने वर्ष १९ को जुरुन राई ।

(६) जिल्ला तेह्रथुम आठराई गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३० की दिक्षा भन्ने निर्मला दर्नाल ।

(७)  जिल्ला सुनसरी ईहटरी उप–महानगरपालिका वडा नं. १० बस्ने वर्ष १९ को विशेष सुब्बा ।

(८)  जिल्ला पाँचथर मिक्लाजुङ गाँउपालिका वडा नं. ५ तुम्वायक घर भई हाल जिल्ला ईलाम इलाम नगरपालिका वडा नं. ७बस्ने वर्ष ५२ को योगेन्द्र राज लावती ।

(९)  जिल्ला पाँचथर याङवरक गा.पा.वडा नं.२ बस्ने वर्ष ४३ की इन्दिरा धौराली ।

(१०) जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं. १ बस्ने वर्ष ४० को हरि प्रसाद सुब्बा ।

(११) जिल्ला मोरङ सुन्दरहरैँचा न.पा. वडा नं. १० बस्ने छोरा वर्ष ५८ को तुलाराम तामाङ ।

(१२) जिल्ला पाँचथर हिलिहाङ गा.पा. वडा नं. ६ स्थायी वतन भई हाल जिल्ला झापा अर्जुनधारा न.पा. ११ बस्ने वर्ष ५१ को मित्र लिङ्देन ।

(१३) जिल्ला ताप्लेजुङ फक्ताङलुङ गाँउपालिका वडा नं. ६ बस्ने वर्ष २९ को सन्दिप केदेम ।

(१४) जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका वडा नं. २ बस्ने वर्ष ३२ को अर्जुन भन्ने बिर्ख बहादुर तामाङ ।

(१५) जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका वडा नं. २० बस्ने  वर्ष २९ को अनुप सुब्बा भन्ने पोष्ट वहादुर लिम्वु ।

(१६) जिल्ला ताप्लेजुङ फक्ताङलुङ गाँउपालिका वडा नं. ५ बस्ने वर्ष ३७ को सुवास चन्द्र लिम्वु ।

(१७) जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ४५ को नविन पोमु ।

(१८) जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. १ बस्ने वर्ष ४० की सुनिता केरुङ ।

प्रकाशित: ७ चैत्र २०८१ १८:१८ बिहीबार