समाज

धनुषामा प्रहरीको गोली लागेर एक जना घाइते

धनुषामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबिच झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट सहिद नगरपालिका-१ कुम्भकरणका अन्दाजी १६ वर्षीय सन्तोष कुमार यादव घाइते भएका हुन् ।

प्रहरीको गोलीबाट घाइते भएका यादवको मलद्वारमा गोली लागेको छ। उनको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरीले जानकारी दिए ।

केही महिनादेखि भठियन चोकमा बोर्ड राख्ने विषयमा दुई समुदाबीच विवाद हुँदै आएको छ । भठिहनस्थित चोकमा केही दिन अघि यादव चोक लेखिएको बोर्ड राखेको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबिच तनाव बढेको छ ।

प्रकाशित: ४ चैत्र २०८१ १५:५२ सोमबार